पामे सहकारीले साधारणसभाको अवसरमा सरसफाइ र आश्रमलाई सहयोग

पाेखरा | असोज ५, २०८२

पामे सहकारीले साधारणसभाको अवसरमा सरसफाइ र आश्रमलाई सहयोग

पोखरा:   पामे बचत तथा ऋण सहकारीले १५ औ साधारण सभाको अवसरपारे सहकारीले विभिन्न कार्यक्रम गरेको छ । शनिबार पोखरा २४ पामे बजारमा सहकारीले सरसफाइ गरेको छ भने आइतबार बटुकहरुलाई खाना ख्वाउनुका साथै सिद्धबराह तपोबन आश्रमलाई सहयोग गरेको छ । सोमबार १५ औ साधारण सभा पोखरा २४ पामेमा गर्दैछ ।


सरसफाइ अभियानमा पामे बजारमा रहेका विभिन्न प्लाष्ट्रिक, बोतल, बाटो अवपर रहेका  झाडी लगाएतका फोहोरहरु सरसफाइ गरेको सहकारीका व्यवास्थापक सुर्यमोहन पराजुलीले बताए ।


उनले पामे बजारलाई सधै सफा राख्नु पर्ने बताउदै बजारको फोहोर फेवातालमा जाने भएकाले पनि सफा अभियानलाई सहकारीले प्रत्येक वर्ष गर्दै आएको बताए । सहकारीले आवश्यकता अनुसार त्यस क्षेत्रमा विभिन्न सामाजीक उत्तरदायित्वका काम गर्दै आएको उनले बताए ।


आइतबार पोखरा २३ माझथुममा रहेको सिद्धबराह तपोवन आश्रम आश्रमलाई आर्थिक सहयोग, खाद्यन्न सहयोग र बटुकहरुलाई खाना र दक्षिणा प्रदान गरेको पामे बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नवराज पराजुलीले जनकारी दिए । 


उनले सहकारीले सामाजीक उत्तरदाइत्व अन्तरगत विभिन्न सामाजीक कार्यक्रम गर्दै आएको बताए । उनले पामे सहकारी सहकारीको सिद्धान्त पालना गरेर सञ्चालन गरेका कारणले नै सहकारीमा कुनै समस्या नरहेको बताए । 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्